Position: प्रधानाध्यापक
Faculty: Management
Mobile: ९८६-०७१३६३
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, लिखु गाउँपालिका–६, गाम्नाङटार, ओखलढुंगामा अवस्थित एक ग्रामीण नमूना विद्यालय हो, जसले सीमान्तकृत, आर्थिक रूपमा कमजोर र शिक्षाको पहुँचबाट वञ्चित बालबालिकाहरूलाई गुणस्तरीय र रचनात्मक शिक्षामा समाहित गराउँदै आएको छ। हामी शिक्षालाई केवल पाठ्यपुस्तकको सीमामा नभई, जीवनको हरेक पक्षमा प्रयोग गर्न सकिने व्यावहारिक ज्ञान, सिप र चेतनाको सशक्त माध्यम ठान्दछौं। विशेषतः ग्रामीण परिवेशमा जन्मिएका बालबालिकाको सपनालाई उजागर गर्न हामीले शिक्षालाई सृजनात्मकता, खोज, प्रयोग र सहभागितामूलक अभ्याससँग जोड्ने प्रयत्न गरिरहेका छौं। विद्यालयमा विज्ञान, व्यवस्थापन, बाली विज्ञान (प्राविधिक धार) र शिक्षा समूहका विषयहरू अध्यापन हुँदै आएका छन्, जसले विद्यार्थीहरूलाई यथार्थमा आधारित, सीप–केन्द्रित र रोजगारोन्मुख शिक्षाको अवसर प्रदान गर्दछ। हामीले ग्रामीण समाजका यथार्थलाई आत्मसात् गर्दै आधुनिक प्रविधिको संयोजन, अनुशासन, नैतिक मूल्य र नेतृत्व विकासलाई शिक्षाको मूल आधार बनाएका छौं। विद्यालयमा हुने शैक्षिक गतिविधिहरू केवल परीक्षा उर्तिण गर्नका लागि नभई, विद्यार्थीको सर्वांगीण व्यक्तित्व निर्माण, व्यवहारिक सोच, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वको विकासमा केन्द्रित छन्। ग्रामोदय विद्यालय ग्रामीण भेगका सपना, सम्भावना र संवेदनशीलताको साझा थलो हो, जहाँ प्रत्येक विद्यार्थीलाई भविष्यप्रति आशावादी, सिर्जनशील र जिम्मेवार नागरिकका रूपमा हुर्काउने हाम्रो अठोट छ। हामी विश्वास गर्दछौं कि रचनात्मक शिक्षा नै ग्रामीण क्षेत्रको समृद्धिको आधार हो। यस साझा यात्रामा सम्पूर्ण अभिभावक, समुदाय, शुभचिन्तक र सरोकारवालाहरूको साथ, सुझाव र सहकार्यका लागि हामी हार्दिक अपेक्षासाथ अगाडि बढिरहेका छौं
